झापाको कन्काई नगरपालिका–३ स्थित सुरुङ्गामा बिहीबार बिहान ग्यास सिलिन्डर लिक भई भएको आगलागीमा परेर एक वृद्धा गम्भीर घाइते भएकी छन्।
ताप्लेजुङ घर भई हाल सुरुङ्गामा डेरा गरी बस्दै आएकी ८१ वर्षीया बाटुली माया दाहाल बिहान खाना पकाउने क्रममा आगलागीमा परेकी हुन्। उनी ध्रुव श्रेष्ठको तीन तल्ले पक्की घरको दोस्रो तल्लामा एक्लै बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार, ग्यास सिलिन्डर लिक भएर अचानक आगो लाग्दा वृद्धाको शरीरका विभिन्न भाग जलेको छ।
घाइते अवस्थामा उनलाई तत्काल कनकाई नगर अस्पतालमा लगिएको थियो भने थप उपचारका लागि बिर्तामोडस्थित बिएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आगलागीले डेरा गरिएको कोठामा पूर्ण क्षति पुगेको प्रहरीले जनाएको छ।
105
Shares

प्रतिक्रिया