पाँचथरका एक युवकले ससुरालीमा गएर पत्नीको हत्या गरेका छन्।
पाँचथरको फालेलुङ गाउँपालिका-७ आहाले घर भई हाल सदरमुकाम फिदिम बस्दै आएका महेन्द्र तामाङले बुधबार राति कोदालो प्रहार गरेर २२ वर्षीया पत्नी अनु राईको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार घरबाट ससुराली गएका तामाङले आपसी विवादमा श्रीमतीमाथि कोदालो प्रहार गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
कोदालो प्रहारबाट गम्भीर घाइते भएकी राईको आज बिहान झापास्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
श्रीमतीको हत्यापछि भागेका तामाङलाई फिदिम नगरपालिका- ६ सिवामा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पत्नी हत्याको कारण भने खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इस्पेक्टर तामाङले बताए।
Shares

प्रतिक्रिया