समाज


झापामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, ठक्कर दिएर भागेका चालक पक्राउ

ज्यान गुमाउने पुरुषको हालसम्म पहिचान खुलेन
झापामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु, ठक्कर दिएर भागेका चालक पक्राउ

नेपालखबर
साउन १२, २०८२ सोमबार ७:४०, विराटनगर

झापाको मेचीनगर नगरपालिका–१२ सरेडाँगीमा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। 

इलामबाट चारआलीतर्फ आउँदै गरेको स्कार्पिओ गाडीले आइतबार साँझ पैदल हिँडिरहेका अन्दाजी ४५–४६ वर्षका पुरुषलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो। तर, साँझ ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि फरार भएका स्कार्पियो चालकलाई खोजतलासका क्रममा राति साँढे १० बजे इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

ठक्कर दिने गाडी  मे.१ च. ६१३१ नम्बरको स्कार्पियो र त्यसका चालक झापा हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा ज्यान गुमाउने पुरुषको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad