समाज


हिजो दमकबाट हराएका बालकको शव खोलामा भेटियो

हिजो दमकबाट हराएका बालकको शव खोलामा भेटियो

नेपालखबर
असार ३१, २०८२ मंगलबार १२:१०, झापा

झापाको दमकबाट हराएका बालक दमकस्थित खोला दोभानमा मृत फेला परेका छन्। 

दमक नगरपालिका–९ का ११ वर्षीय बालक रमन धिमालको शव घरदेखि करिब ९ सय मिटर पश्चिममा रहेको खोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ।

यही असार ३० गते दिउँसो साथीसँग खेल्न घरबाट निस्केका बालक त्यसपछि घर फर्केका थिएनन्। 

आफन्त तथा छरछिमेकीसहितको खोजी प्रयासबाट पनि उनी फेला नपरेपछि खोजतालास जारी राखिएको थियो। 

आज बिहान बेतेनी खोला र भुत्रे खोलाको दोभानमा उनको शव पानीमा डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाको कमाण्डमा गएको प्रहरी टोलीले शव फेला पारेको हो।  
बालकको मृत्युबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad