नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापन परिवर्तन भएको छ।
विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ।
ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७.९ र ईमेजखबर डट कम पनि नयाँ व्यवस्थापनअन्तर्गत नै सञ्चालन हुनेछन्।
नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा परिचित सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहेका छन् भने प्रबन्धनिर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहेका छन्।
नयाँ व्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा सुरुवाती दिनदेखि कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारी समेत प्रदान गरेको छ।
लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए।
Shares

प्रतिक्रिया