समाज


६ जना किशोरले कुटपिट गर्दा झापामा २ किशोरको मृत्यु

कुटपिटमा संलग्न सबै १६ वर्षभन्दा कम उमेरका
६ जना किशोरले कुटपिट गर्दा झापामा २ किशोरको मृत्यु

नेपालखबर
असार १९, २०८२ बिहिबार ११:३८, झापा

झापामा आफ्नै साथीको कुटपिटबाट दुई किशोरको मृत्यु भएको छ। 

शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको कुटपिटको कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका इन्सपेक्टर प्रवीण श्रेष्ठले जानकारी दिए। 

उनीहरूमाथि यही असार ११ गते आफ्नै साथीहरूले निर्घात कुटपिट गरेका प्रहरीले जनाएको छ। उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो। थापाको गएको शनिबारै र तामाङको बुधबार मृत्यु भएको श्रेष्ठले जानकारी दिए। 

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्ने सबै १६ वर्षभन्दा कम उमेर समूहका छन्।

इलाका प्रहरी कार्यालय झिलझिलेमा उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको एन्सपेक्टर श्रेष्ठले बताए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad