झापामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। गएराति दमकमा स्कुटरमा सवार युवकको ट्रकको ठक्करबाट मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा ताप्लेजुङको दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। सोही घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीया सृजना राई घाइते भएकी छन्। उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
झापाका प्रहरी प्रमुख राजन लिम्बूका अनुसार उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका–१ स्थित रवि स्टेण्डको गेटमा दुर्घटनामा परेका हुन्।
बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग१ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे८प ४५५८ नम्बरको स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ। दुर्घटनापछि ट्रक चालक फरार छन् भने ट्रक र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ।
Shares

प्रतिक्रिया