समाज


धनकुटा बस दुर्घटना अपडेट: घाइते १ महिलाको मृत्यु, १३ जनाको उपचार हुँदै (नामावली)

धनकुटा बस दुर्घटना अपडेट: घाइते १ महिलाको मृत्यु, १३ जनाको उपचार हुँदै (नामावली)

दुर्घटनामा परेकाे बस।


सुमन सुस्केरा
बैशाख २२, २०८२ सोमबार १२:१०, विराटनगर

धनकुटामा आज बिहान भएको  बस दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी धनकुटा नगरपालिका- ६ कि ७३ वर्षीया कृष्ण कुमारी राई (भुजेल) को उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

धनकुटा नगरपालिका वडा नम्बर- ६ गोलाई नजिकै आज बिहान बस दुर्घटना भएको हो।

धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१ ७७ नम्बरको बस सोमबार बिहान धनकुटा नगरपालिका- ६ को गोलाई भन्ने ठाउँमा सडकबाट खसेर ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएकाे छ।

दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर छ। बाँकी नाै जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

उकालो चढ्ने क्रममा एयर पाइप फुटेर ब्रेक नलाग्दा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

गम्भीर घाइते चार जनालाई बीपी काेईराला स्वास्थ विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।  घाइते नाै जनाकाे धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।

यी हुन् घाइते
१. भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजि  २० को सुर्यमणी तामाङ।
२. साेही ठाउँका अनमोल तामाङ। 
३. सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४८ को कृष्ण राउत। 
४.बस चालक-जिल्ला सुनसरी धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङलाई जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको। सामन्य उपचार पश्चात बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
५. भजपुर पौवादुम्बा गापा वडा नम्बर ३  च्याङ्रे बस्ने वर्ष ८० को गंगा प्रसाद सापकोटा विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
६. भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष २४ की  सविना बराइली।
७.  भोजपुर नपा ११ बस्ने वर्ष ६० को देवी विक।
८. धनकुटा साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हंश वहादुर राईकाे विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
९. भोजपुर षडानन्दा नपा ११ बस्ने वर्ष ५१ को पुर्ण माया तामाङ।  
१०.जिल्ला सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ को आयुष राई।
११.धनकुटा नगरपालिक वडा नम्बर ६ बस्ने वर्ष ३४ को धन कुमार विक।
१२. भोजपुर नपा ११ बस्ने वर्ष ५८ को लिला बहादुर श्रेष्ठलाई  विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ । 
१३. धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ६  बस्ने वर्ष ६० की दिर्घ माया राई।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad