ताप्लेजुङमा बोलेरोमा करेन्ट प्रवाह हुँदा चार जनाको मृत्यु भएको छ।
पाथीभरा जाँदै गरेको मे.१ च ३०११ नम्बरको बोलेरोमा बिजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा घटना भएको प्रहरीले जनाएको छ।
यो घटनामा बोलेरो चालक फुङलिङ नगरपालिका १० का दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापा घर भएकी वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भीम दाहालले जानकारी दिए।
स्थानीय सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तार बोलोरमो प्रवाह हुँदा आगो लागेको स्थानीयले बताएका छन्।
गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया