समाज


सुनसरीमा आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति

सुनसरीमा आगलागीबाट १० घर जले, ६० लाख बराबरको क्षति

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १०:३२, सुनसरी

सुनसरीको कोशी गाउँपालिका(६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

लामखुट्टे धपाउन बालेको आगो (घुरा)बाट घरमा आगो सल्किँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएका छन्। जसमा रु ६० लाख बराबरको क्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले जानकारी दिए।

बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा रु ६० लाख बराबरको क्षति भएको हो। 

आगलागीमा स्थानीय बाबुनन्द गोइतको रु एक लाख नगद नै जलेर नष्ट भएको छ। त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad