कोसी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ शुभारम्भ गरेको छ। गुराँसको राजधानी तेह्रथुमको तीनजुरे मिल्के जलजले क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी पर्यटन वर्षको उद्घाटन गरिएको हो।
कोसी प्रदेश पर्यटन वर्ष उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोसी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्त्वपूर्ण टेवा पुर्याउने बताए।
पर्यटनको माध्यमबाट कोसी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम रहेको भन्दै प्रशंसा गरे। कोसी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सक्ने चर्चा गर्दै उनले यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए।
कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न यो पर्यटन वर्ष घोषणा गरिएको जानकारी दिए। कोसी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्त्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्त्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुजी निर्माण गरिने दाबी गरे।
पर्यटन वर्षलाई सफल पार्न भन्दै सरकारले विभिन्न समितिहरू समेत बनाएर काम गर्दै आएको छ। उद्घाटनपछि गरिने कामको सन्दर्भमा भने सरकार अलमलमा देखिएको छ।




Shares

प्रतिक्रिया