समाज


धरानको जंगलमा अर्धनग्न अवस्थामा ३० वर्षीया महिलाको शव भेटियो

प्रहरी भन्छ: घटनाको प्रकृति अत्यन्तै गम्भीर छ
धरानको जंगलमा अर्धनग्न अवस्थामा ३० वर्षीया महिलाको शव भेटियो

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८१ मंगलबार ७:१९, विराटनगर

सुनसरीमा एक महिलाको शव फेला गरेको छ। धरान उपमहानगर वडा नम्बर- ६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो ।

स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि महिलाको शव फेला पारेका हुन्। 

अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ।

करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको  सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार लिमल्सिनाले जानकारी दिए।

शव भेटिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली खटिएको थियो। 

‘घटनाको बारेमा अनुसन्धान सुरु गरेका छौँ,’ एसपी तिमल्सिनाले नेपालखबरसँग भने,  शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएकाे छ।’  

शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ। एसपी तिमल्सिनाका अनुसार हत्या पछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको छ।

प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र शङ्कास्पद रहेको जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ती महिलाको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाई छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad