सुनसरीमा गुड्दैको बसमा आगलागी भएको छ।
इनरुवा नगरपालिका- ४ स्थित बसचौकमा गुड्दै गरेको लु २ ख १६४४ नम्बरको बसमा आज (मंगलबार) बिहान साढे चारबजे अचानक आगलागी भएको हो।
एक्कासी बसमा आगलागी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बसमा आगो लागेपछि सबै यात्री हतारहतार झरेका थिए।
बसमा लागेको आगो स्थानीय बासी, प्रहरी र इनरुवा नगरपालिकाको दमकको सहायतामा नियन्त्रणमा लिइएको छ। बसमा आगलागी हुनुको कारण भने खुलेको छैन।
192
Shares

प्रतिक्रिया