मोरङ प्रहरीले लागु पदार्थ खाएर सवारी चलाउने ११ जना चालकलाई पक्राउ गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले पूर्व पश्चिम राजमार्गको बेलवारी नगरपालिका वडा नम्बर १ मा स्वास्थ्य परीक्षण गर्दा ११ जना चालकले लागु पदार्थ खाएको खुलेको हो।
प्रदेश प्रहरी अस्पताल इनरुवा र विराटनगर आँखा अस्पतालको सहकार्यमा चालक तथा सह चालकको स्वास्थ्य परीक्षण गर्दा ११ जनाले लागु पदार्थ सेवन सवारी चलाएको फेला परेको प्रहरीले जनाएको छ।
यसरी लागु पदार्थ सेवन गरेर सवारी साधन चलाउनेमा टिपर चालक ४ जना, बसका चालक ४ जना, ट्रकका चालक २ जना र ट्याक्टर चालक १ जना छन्। उनीहरु सबै पक्राउ परेका छन्।
११५ जनाको स्वास्थ्य परीक्षण गर्दा ५५ जना सवारी चालकमा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण भएको थियो।
परीक्षणको क्रममा प्रेस, सुगर, आँखा जाँच गर्नुको साथै उनीहरूलाई औषधी समेत वितरण गरिएको थियो। लागु औषध प्रयोग गरेको फेला परेका ११ जनालाई प्रहरी कार्यालय बेलवारीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए।
Shares

प्रतिक्रिया