समाज


तीव्र गतिको मोटरसाइकल पुलमा ठोकिँदा बाबुछोराकै मृत्यु

तीव्र गतिको मोटरसाइकल पुलमा ठोकिँदा बाबुछोराकै मृत्यु

नेपालखबर
पुस १, २०८१ सोमबार ७:४, काठमाडौँ

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ। 

ग्रामथान गाउँपालिका-२ झोराहाटमा आइतबार प्रदेश १-०४-००२प १९०१ नम्बरको  मोटरसाइकल दुर्घटना हुँदा मोरङकै कटहरी गाउँपालिका-१ का ४५ वर्षीय उमेश मरिक र उनका २२ वर्षीय छोरा आशिक मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। घिनाघाट-विराटचोक सडक खण्डको झोराहाटस्थित नहरको पुलमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका बाबु-छोराको विराट नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको स्थानीयले बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad