समाज


झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षका पुरुषको मृत्यु

झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा ५५ वर्षका पुरुषको मृत्यु

नेपालखबर
मंसिर १९, २०८१ बुधबार ९:४८, झापा

झापाको मेचीनगर नगरपालिका-११ तेलिबारीमा बसको ठक्करबाट  मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-१० का ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

मंगलबार पूर्व(पश्चिम राजमार्ग अन्तरगत मेचीनगर-११ स्थित तेलिबारी बागमती प्र.०१- ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक न्यौपाने गम्भीर घाइते भएका थिए।

उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्‍याउना साथ चिकित्सकले न्यौपानेलाई मृत घोषित गरेका थिए।

बस, बस चालक उदयपुर चौडण्डीगढी नगरपालिका-६ का ४२ वर्षीय विजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad