आज (शनिबार) पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो।
‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम समग्रमा साधारणतया बदली हुनेछ, यद्यपि अहिले (बिहान) आंशिक बदली छ’, उनले बिहान ७:४५ बजे नेपालखबरसँग भने, दिउँसो २ बजेपछि बादल बढ्दै जाने र मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
काठमाडौँ उपत्यकामा राति पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् पुडासैनीले बताए।
‘आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ६० प्रतिशत छ’, उनले भने।
देशभरको मौसम र वर्षाबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजेपछि अद्यावधिक प्रक्षेपण जारी गर्नेछ।
693
Shares

प्रतिक्रिया