ग्लोबल


दक्षिण कोरियामा सैनिक शासन फिर्ता भएकामा अमेरिकाको स्वागत

दक्षिण कोरियामा सैनिक शासन फिर्ता भएकामा अमेरिकाको स्वागत

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १०:६, काठमाडौँ

दक्षिण कोरियामा मंगलबार साँझ लागू गरिएको सैन्य शासन राष्ट्रपति युन सुक योलले फिर्ता लिएकामा अमेरिकाले स्वागत गरेको छ। 

अमेरिकाको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी दक्षिण कोरियाली राष्ट्रपतिको कदमको स्वागत गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘विगत २४ घण्टामा दक्षिण कोरियामा भएका घटनालाई संयुक्त राज्य अमेरिकाले नजिकबाट नियालिरहेको छ। हामी राष्ट्रपति युनको भनाइलाई स्वागत गर्दछौँ, जसमा उनले राष्ट्रिय सभाको सर्वसम्मत सहमतिमा कोरियाको संविधानअन्तर्गत आपत्‌कालीन सैनिक कानुन रद्द गर्ने भनेका छन्।’ 

साथै अमेरिकी विदेश मन्त्रालयले अब दक्षिण कोरियाका राजनीतिक मतभेद शान्तिपूर्ण र कानुनसम्मत रूपमा समाधान हुने आशा पनि व्यक्त गरेको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘लोकतन्त्र र कानुनअन्तर्गत हामी कोरियाली जनता र अमेरिका-कोरिया गठबन्धनका लागि हाम्रो समर्थन पुष्टि गर्दछौँ।’

मंगलबार साँझ दक्षिण कोरियाका राष्ट्रपति युन सुक-योलले देशमा मार्सल ल अर्थात् सैनिक कानुन लागू भएको घोषणा गरेका थिए।

तर दक्षिण कोरियाको राष्ट्रिय सभामा सांसदले राष्ट्रपतिको यो निर्णय बहुमतले उल्टाएपछि बुधबार बिहान मार्सल ल लगाउने आदेश फिर्ता लिएका छन्। 

सैन्य शासन फिर्ता लिए पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने माग गर्दै दक्षिण कोरियाली नागरिक सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad