समाज


पाँचथरमा २५ दिनकी सुत्केरी मृत फेला

पाँचथरमा २५ दिनकी सुत्केरी मृत फेला

नेपालखबर
माघ १५, २०८० सोमबार १३:४२, पाँचथर

पाँचथरमा एक सुत्केरी महिला मृत फेला परेकी छन्। आइतबारदेखि बेपत्ता २५ दिनकी सुत्केरी महिला मृत फेला परेकी हुन्। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार याङवरक गाउँपालिकाकी २६ वर्षीया यमुना भुर्तेल आइतबारदेखि बेपत्ता थिइन्। उनको शव तमोर नदी किनारमा भेटिएको हो।

उनको शव आठराई त्रिवेणी गाउँपालिका २ स्थित तमोर नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ। उनका शिशुको अवस्था भने अज्ञात छ। 

भुर्तेल आइतबार परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन भनेर घरबाट हिँडेकी परिवारका सदस्यले बताएका छन्। घटनावारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad