समाज


झापा विद्रोह समेटिएको पुस्तक ‘२८ साल’ सार्वजनिक

झापा विद्रोह समेटिएको पुस्तक ‘२८ साल’ सार्वजनिक

नेपालखबर
माघ ११, २०८० बिहिबार ५:३, झापा

तत्कालीन पञ्चायतकालको विरोध र प्रजातन्त्रको स्थापनाका लागि नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ‘झापा विद्रोह’ को स्मरणमा आधारित लेखक कुमार भट्टराईकृत ‘२८ साल’ सार्वजनिक भएको छ।

उक्त विद्रोहमा संलग्न नेता र पात्राहरूसँगको अनुभव समेटेर लेखिएको सो पुस्तक ‘झापा विद्रोह’ का एक साक्षी ठूलो दुर्गा अधिकारी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र लेखक भट्टराईले पुस्तक विमोचन गरेका हुन्। 

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तक झापा विद्रोहका ३५ जना पात्रलाई केन्द्रित गरेर औपन्यासिक शैलीमा लेखिएको छ।

विसं.२०२७ चैतमा ‘पूर्वकोशी प्रान्तीय कमिटी’बाट झापाली युवाहरुले विद्रोह गरेर ‘कोअर्डिनेसन केन्द्र’ को गठन गरेपछि जमिन्दारी प्रथाविरुद्ध सशस्त्र कारवाही आरम्भ गरेका थिए।

कार्यक्रममा ठूलो दुर्गा अधिकारीले त्यसबेलामा सङ्घर्ष र बलिदानकै जगमा हाल मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै आन्दोलनमा लाग्दाका अनुभव र कथा–व्यथा देश र जनताका हितका लागि पस्कन आफूहरु तयार रहेको बताए।

वरिष्ठ पत्रकार दाहालले नेपालमा राणा शासन र पञ्चायत शासनविरुद्ध कम्युनिष्ट र कांग्रेसले अनेक चरणमा आन्दोलन गरेको उल्लेख गर्दै झापा विद्रोह एक महत्वपूर्ण चरण भएको स्मरण गरे।

उनले पुस्तकका माध्यमबाट उक्त विद्रोहलाई हालसम्मका बुझाइलाई थप परिस्कृत बनाउन सहयोग मिल्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .