गएराति झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
शिवसताक्षी नगरपालिका-११ दुधेमा शुक्रबार राति जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मेघराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिप्रका झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउन जाँदा राईलाई हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
हात्तीको आक्रमणबाट राईको घरमा एक लाख ५० हजार बराबरको क्षति भएको छ। योसँगै झापामा चालू आर्थिक वर्षमा हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ। रासस
27
Shares

प्रतिक्रिया