समाज


एसईईमा अमर्यादित गतिविधि गरेको आरोपमा केन्द्राध्यक्षसहित १८ कर्मचारी निष्कासित

एसईईमा अमर्यादित गतिविधि गरेको आरोपमा केन्द्राध्यक्षसहित १८ कर्मचारी निष्कासित

नेपालखबर
चैत २३, २०८२ सोमबार १२:३०, सुर्खेत

एसईई परीक्षामा अमर्यादित गतिविधि गरेको आरोपमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका १८ कर्मचारीलाई निष्कासन गरिएको छ। 

शिक्षा विकास निर्देशानालय, सुर्खेतका अनुसार निष्कासित हुनेमध्ये जुम्लाबाट केन्द्राध्यक्ष र निरीक्षक गरी दुई जना र जाजरकोटबाट १६ जना कर्मचारी छन्। परीक्षामा अमर्यादित बनाउने कार्यमा संलग्न रहेको आरोपमा जाजरकोटका विभिन्न परीक्षा केन्द्रबाट १६ निरीक्षकलाई निष्कासन गरिएको हो। 

गत बिहीबार र शुक्रबारको परीक्षामा बारेकोट गाउँपालिका–९ स्थित दीपेन्द्र माध्यामिक विद्यालय, सक्ला परीक्षा केन्द्रबाट चार, आइतबार शिवशङ्कर माध्यामिक विद्यालय जगतपुरबाट चार, मानेढुङ्गा माध्यामिक विद्यालय टालेगाँउबाट दुई, नारायणी मावि परीक्षा केन्द्रमा खटिएका ६ जना निरीक्षकलाई निष्कासन गरिएको जिल्ला परीक्षा समन्वय समितिले जनाएको छ। 

परीक्षालाई मर्यादित, व्यवस्थित, अनुशासित सकारात्मक भूमिका निर्वाह नगर्ने बालबालिकाको भविष्य प्रति खेलवाड गर्ने निरीक्षकहरू निष्कासनमा परेको शिक्षा विकास तथा समन्वय एकाइ जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले जानकारी दिए। ‘परीक्षामा खटिएको अनुगमन टोलीद्वारा सम्बन्धित विद्यार्थीका अभिभावक र परीक्षार्थीलाई अमर्यादित बनाउने कार्यमा संलग्न निरीक्षकलाई निष्कासन गरिएको हो,’ खत्रीले भने। 

जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले परीक्षामा हुने नियमको उलंघन गरी मर्यादा विपरित काम गर्ने निरीक्षकलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। 

यस्तै, जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा मावि, लाम्रा केन्द्रका केन्द्राध्यक्ष र निरीक्षक पदमुक्त भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका प्रमुख रमेश लुवारले पहिलो दिनको अंग्रेजी विषयको परीक्षामा केन्द्राध्यक्ष र निरीक्षकले लापरवाही गरेकाले जिल्ला परीक्षा समितिले निष्कासन गरेको जानकारी दिए। 

कर्णालीमा नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थीले परीक्षा दिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad