रत्नराजमार्ग अन्तरगत सुर्खेतको ब्युरेनीमा गाडी आज बिहान गाडी दुर्घटन हुँदा १६ जना घाइते भएका छन्। आइतबार बिहान करिब ४ बजे गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
कोहलपुरदेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी र जिल्ला ट्राफिक कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगेको छ।
चालक निदाएको कारण हुँदा गाडी दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।
156
Shares

प्रतिक्रिया