भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा कर्णाली प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ परिरहेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशका जुम्ला र रुकुमपश्चिम जिल्ला कारागारबाट ८४ जना कैदी र ३३ जना थुनुवा फरार भएका थिए।
प्रहरीका अनुसार जुम्ला कारागारबाट २९ जना कैदी र १२ जना थुनुवा फरार भएका थिए। फरार भएका मध्ये १६ जना कैदी र ११ जना थुनुवालाई प्रकाउ परेका छन्।
जुम्लाबाट फरार रहेका १३ कैदी र १ थुनुवा पक्राउ पर्न बाँकी छन्।
यस्तै, रुकुमपश्चिम जिल्ला कारागारबाट फरार भएका ५५ जना कैदी मध्ये ३९ जना पक्राउ परेका छन् भने १६ जना कैदीबन्दी अझै फरार छन्। साथै रुकुमपश्चिम जिल्ला कारागारबाट भागेका ३३ थुनुवा मध्ये २२ जना पकाउ गरेका छन् भने ११ थुनुवा अझै फरार रहेका प्रहरीले जनाएकाे छ।
जेनजी आन्दोलनको फाइदा उठाँदै कारागारबाट भागेका केही कैदीबन्दी तथा थुनुवाहरु आफै फर्किएको केहीलाई जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न ठाउँबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया