समाज


कर्णालीमा आज सार्वजनिक बिदा

कर्णालीमा आज सार्वजनिक बिदा

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८२ बुधबार ७:७, सुर्खेत

कर्णाली प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। 

विसं २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भदौ ४ गते कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक सङ्घ संस्था सबैमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियाे।

साेही निर्णयअनुसार आज बिदा दिइएकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए। 

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्दैछ।

सहिद दिवसका अवसरमा बिहीबारसम्म विभिन्न कार्यक्रम गर्ने तयारी पनि प्रदेश सरकारकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad