जाजरकोटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।
नलगाड नगरपालिकाको कालीमाटीबाट रुकुमपश्चिमको आठबीसकोट जाँदै गरेको मोटरसाइकलको ठक्करबाटआठबिसकोट–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विकको मृत्यु भएको हो।
बारेकोट गाउँपालिका –८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश०२००१प ६५५६ नम्बरको मोटरसाइकलले नलगाड –७ चामेखेतमा विकलाई आज बिहान ठक्कर दिएको थियो।
ठक्करबाट घाइते विकको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यामराज रोकायले जानकारी दिए।
ठक्कर दिने सवारीचालक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
1.3k
Shares

प्रतिक्रिया