समाज


पानीको जार बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

पानीको जार बोकेको मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार ७:४१, रूकुमपश्चिम

बिहीबार साँझ रूकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ सिम्रुतु बजार नजिकैको घुम्तीमा मिनीट्रक दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।

उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१० स्थायी घर भएका ४५ वर्षीय भुपेन्द्र महतको मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका सोही स्थानका ३४ वर्षीय सहचालक सुन्दरकुमार बुढाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए। 

रा १ क १४१२ नम्बरको मिनीट्रक दाङबाट रूकुमपश्चिम खलङ्गातर्फ पानीको जार लिएर आउँदै गर्दा दुर्घटनामा परेको हो। 

ट्रकको ब्रेक फेल भएर माथिल्लो घुम्तीबाट करिब दुई सय मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा  फेलापरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad