अमेरिकाको न्युयोर्क सहरको हडसन नदीमा बिहीबार हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा हेलिकप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ।
हेलिकप्टरमा एक परिवार पर्यटक रहेको अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमा तीन बालबालिका पनि छन्।
न्युयोर्क सहरका मेयर एरिक एडम्सले बिहीबार पत्रकारहरूलाई बताएअनुसार परिवारका पाँच जना स्पेनका थिए, अर्का व्यक्ति पाइलट थिए।
न्युयोर्कका प्रहरी आयुक्त जेसिका टिशले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएकी छन्।
मृतकका परिवारलाई जानकारी नभएसम्म पीडितको परिचय खुल्ने छैन।
उक्त दुर्घटनाको भिडिओ फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेर हडसन नदीमा खसेको देखिन्छ।
हेलिकप्टर डाउनटाउन स्काइपोर्टबाट उडेको थियो।
हेलिकप्टर खसेको भिडिओ फुटेज:
BREAKING: Agustin Escobar, President and CEO of Siemens in Spain, along with his wife and their three children, were identified as the victims of the helicopter that plunged into the Hudson River in New York City on Thursday, according to the New York Post.
— RedWave Press (@RedWave_Press) April 11, 2025
The New York… pic.twitter.com/cGOiJWGFAx
JUST IN: Helicopter crashes into Hudson River; no word on injuriespic.twitter.com/a5NsjAIrdD
— BNO News Live (@BNODesk) April 10, 2025
Shares

प्रतिक्रिया