समाज


हावाहुरी चल्दा कर्णालीमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

हावाहुरी चल्दा कर्णालीमा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

नेपालखबर
चैत २८, २०८१ बिहिबार १०:२६, सुर्खेत

हावाहुरीका कारण कर्णाली प्रदेशका अधिकांस जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्व भएको छ। बुधबार राति आएको असिना पानी सहितको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्ध भएको हो। 

हावाहुरीसहितको वर्षाका कारण कोहलपुर-सुर्खेत ३३ केभी र पश्चिमको कुइने-बाबियाचौर-वीरेन्द्रनगर ३३ केभी लाइन अवरुद्ध भएको विद्युत् प्राधिकरण सुर्खेत वितरण कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार कोहलपुर-सुर्खेत ३३ केभी प्रसारण लाइन सुर्खेतको रामघाटसम्म मात्र संचालनमा आएको छ। 

यस्तै, रुख ढलेका कारण विद्युत सेवा बन्द हुँदा नेपाल टेलिकमको टावरहरू बन्द भएका छन्।

विद्युत आपुर्ति नहुँदा कतिपय स्थानका उपकरणहरु संचालनको लागि आवश्यक ब्याट्री, पावर व्याकअफ नहुँदा केही ठाउँमा सेवा अवरुद्ध हुन पुगेको नेपाल टेलिकमका प्रादेशिक निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad