समाज


काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा पल्टिँदा ११ जना घाइते

वर्षाको कारण ब्रेक नलाग्दा बस खसेको चालकको भनाइ
काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेमा पल्टिँदा ११ जना घाइते

नेपालखबर
चैत २८, २०८१ बिहिबार १०:४५, काठमाडौँ

काभ्रेको रोशीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। 

बिहीबार बिहान ८: २५ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका- ९ दाउनेमा काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३-०१- ००६ ख. १३३९ नम्बरको  बस दुर्घटनामा परेको हो। 

घाइतेमध्ये सोलु लिखुपिके गा.पा. ३ बस्ने वर्ष ७३ की सुन्तली बिककाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

वर्षाको कारण ब्रेक नलाग्दा अनियन्त्रित भएको उक्त बसले खाँदबारीबाट काठमाडौँतर्फ आउँदै गरेको मे.१ ख ३३९४ नम्बरको हाइस गाडीलाई ठक्कर दिएर सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीको भनाई छ। 

दुर्घटनामा बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएका हुन्। घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा पठाइएको छ। 

घटनास्थलमा इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी सहायक निरीक्षक पुस्कर श्रेष्ठको कमाण्डमा ट्राफिक सहित ५ जनाको टोलि खटिएको छ। बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad