समाज


सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको परीक्षण उडान

सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको परीक्षण उडान

सुर्खेत विमानस्थलमा यति एयरलाइन्सको विमान


नेपालखबर
फागुन २४, २०८१ शनिबार १५:१, काठमाडौँ

यती एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको छ। यती एयरलाइन्सले कर्णालीमा सेवा विस्तारका लागि काठमाडौं–सुर्खेत उडान गर्न आज शनिबार परीक्षण उडान गरेको हो।

एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगन्ज–सुर्खेत र सुर्खेत–नेपालगन्ज उडान उडान भरेको थियो। 

परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए। 

उनले भने, `परीक्षण उडानमा नेपाल नागरिक उडड्यान प्राधिकरणका प्राविधिकसहितको टोली र यती एयरलाइन्सको प्राविधि टोली थियो। इन्ट्रक्टर पाइलट क्याप्टेन समर्थ रत्न तुलाधर र क्याप्टेन राजु राजवंसी उडान गर्नुभएको थियो। सफलतापूर्वक उडान परीक्षण सम्पन्न भएको छ।´ 

यस्तै, प्रवक्ता बर्तौलाले दुई-तीन दिनमा परीक्षण उडानको रिर्पोट आएपछि रिर्पोटको आधारमा उडान थाल्ने एयरलाइन्सको तयारी रहेको बताए। 

उनका अनुसार सुर्खेत विमानस्थललाई वैकिल्पिक विमानका रुपमा प्रायोग गर्ने र निकट भविष्यमा नियमित उडान गर्ने उदेश्यले परीक्षण उडान सम्पन्न गरेको छ। 

प्रवक्ता बर्तौलाले भने, `सुर्खेत विमानस्थलमा राती उडान हुँदैन्। विमानस्थल पनि सानो छ। अन्य एयरलाइन्सले उडान गरिरहेका छन्। त्यो समय नजुध्ने गरी समय मिलाएर उडान गर्ने हाम्रो योजना छ।  एक दिनमा एउटा गर्न सकिन्छ वा दुईवटा उडान गर्नसकिन्छ त्यसको अध्ययन गरिरहेका छौँ।´

यस्तै, यती एयरलाइन्सले आजै धनगढी विमानस्थलमा पनि परीक्षण उडान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad