हुम्ला सदरमुकाम सिमकोटमा हिमपात सुरु भएको छ।
जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका-६ माथिल्लो गाउँका लक्ष्मी रोकायाले बताए।
नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका-६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ।
हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए। यसवर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो। यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो। रासस
105
Shares

प्रतिक्रिया