समाज


हुम्लामा हिमपात, डाँडापाखा सेताम्मे (तस्बिरहरू)

हुम्लामा हिमपात, डाँडापाखा सेताम्मे (तस्बिरहरू)

आइतबार रातिदेखि हिमपात सुरु भएपछि साेमबार बिहान सेताम्ये देखिएको सदरमुकमा सिमकोटका एउटा बस्ती। तस्बि : दाने बोहरा / रासस


नेपालखबर
मंसिर २४, २०८१ सोमबार ८:२, काठमाडौँ

हिमाली जिल्ला हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै हिमपात सुरु भएको हो। 

आइतबार दिउँसो हुम्लामा हावाहुरी चलेकाे थियाे। गए रातिदेखि हुम्लामा हिमपात सुरु भएको हो। 

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेका लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको लिमी स्वास्थ्यचौकीका कर्मचारी लोग बोहराले जानकारी दिए। 

यस वर्ष ढिला गरी हुम्लामा हिमपात सुरु भएकाे हाे। हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन्। हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास राख्दै आएका छन्। हिमपातले गहुँ, जौ, उवा लगायतकाे खेतीलाई राम्रो हुने किसानको भनाई छ। 

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने चिसाे बढेसँगै जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन चिसाेले प्रभावित भएको हाे। 

हिमपातसँगै हुम्लामा चिसो थप बढेको छ। हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad