समाज


रुकुमपश्चिचममा १८ वर्षीय युवक आफ्नै बुवालाई चक्कु प्रहार गरेर भागे, बुवाको मृत्यु

रुकुमपश्चिचममा १८ वर्षीय युवक आफ्नै बुवालाई चक्कु प्रहार गरेर भागे, बुवाको मृत्यु

नेपालखबर
मंसिर १०, २०८१ सोमबार ६:३८, सुर्खेत

गएराति रूकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ। 

आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका १० मा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका डीएसपी नवराज पोखरेलले जानकारी दिए

‘छोराले आफ्नै बुवालाई हत्या गरेर फरार भएको भन्ने खबर आएको छ। प्रहरी घटनास्थल पुग्दैछ। मैले जिल्लाको सबै नाकाहरूमा खबर गरिसकेको छु। हत्याराको खोजतलासी भइरहेको छ,’ उनले भने। 

स्थानीयका अनुसार अन्दाजी ५० वर्षका दर्बे केसीलाई उनका छोरा अन्दाजी १८र२० वर्षका छोरा वीरबहादुर खत्रीले पेटमा चक्कु हानेर हत्या गरेका हुन्।

घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad