ad ad

समाज


हुम्ला जिप दुर्घटना: घाइते जिप धनीको मृत्यु, ३ जना आईसीयूमा

हुम्ला जिप दुर्घटना: घाइते जिप धनीको मृत्यु, ३ जना आईसीयूमा

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १०:३४, सुर्खेत

बुधबार हुम्लाको चंखेलीमा भएको जिप दुर्घटनामा परि गम्भीर घाइते भएका रमेश मल्लको मृत्यु भएको छ। मुगुको छायाँनाथरारा नगरपालिका–१३ निवासी अन्दाजी २५ वर्षीय मल्लको उपचारको क्रममा मृत्यु भएको हो। 

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा बुधबार साँझ उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए।

बुधबार बिहान ८ बजे चङ्खेली गाउँपालिका- २ गर्खाबाट देउली बजारतर्फ गइरहेको कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप मुगु सडकको गौरीसल्लामा दुर्घटनामा परेको थियो। उक्त जिप धनी रमेश मल्ल आफैँ हुन्।

उनका दाई नाता पर्ने रोशन शाहीका अनुसार रमेशले जिप किनेको करिब ४/५ महिना मात्रै भयो। सानै उमेरमा बुवा गुमाएका रमेशले घरपरिवार पाल्नका लागि भर्खरै जिप किनेका थिए। 

रमेशका आमा, श्रीमति र र्दुई छोराछोरी छन्। उनी घरको एक्लो छोरा थिए। 

रोशन भन्छन्, ‘रमेश एकदमै इमान्दार र मेहनती थिएँ। सानै उमेरमा बुवा गुमाएकाले घरपरिवारको जिम्मेवारी उनको काँधमा थियो। त्यसैले जिप किनेर व्यवसाय सुरु गरेका थिए। तर, जिप दुर्घटनामा उनी पनि परेछन्।’ 

दुर्घटनामा गम्भीर घाइतेभएका रमेशसहित ३ जनालाई थप उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याएको थियो। 

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकामा चंखेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, र मुगुको छायाँनाथ नगरपालिका–१ का ४० वर्षीय पृथ्वी  रावतलाई थप उपचारका लागि रिफर गरिएको थियो। 

घाइते तीन जनाको आईसियुमा उपचार भइरहेको प्रदेश अस्पताल प्रशासनले जनाएको छ।

प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामन्य छ। उनीहरूको चंखेली गाउँपालिकामा रहेको दार्मा स्वस्थ्य चौकीमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .