समाज


इजरायली सेना भन्छ : विपिनलाई हमासले बन्धक बनाएको सुरुवाती महिनामै मारेको थियो

इजरायली सेना भन्छ : विपिनलाई हमासले बन्धक बनाएको सुरुवाती महिनामै मारेको थियो

विपिन जोशी


नेपालखबर
असोज २८, २०८२ मंगलबार २०:२३, काठमाडौँ

इजरायली रक्षा बल (आईडीएफ) ले विपिन जोशीलाई हमासले बन्धक बनाएको सुरुका महिनातिरै मारेको बताएको छ। 

सोमबार राति मात्र हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेको छ। 

यसपछि आईडीएफले आफ्नो एक्स अकाउन्टमा विपिनको तस्बिर राख्दै आफूलाई उपलब्ध सूचना र गुप्तचर जानकारीअनुसार बन्धक बनाएको सुरुका महिनामै हिरासतमा हमासले उनलाई मारेको दाबी गरेको हो। 

आईडीएफले एक्समा लेखेको छ,  ‘विपिनलाई २३ वर्षको उमेर (७ अक्टोबर २०२३) मा किबुट्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको थियो। युद्धको सुरुका महिनामा कैदमा रहेको अवस्थामा उनको हत्या गरिएको अनुमान छ।’

सोमबार हमासले विपिनसहित जम्मा ४ जनाको शव इजरायललाई जिम्मा लगाएको हो। 

आईडीएफले विपिनसँगै अर्का बन्धक गाय इलुजको मृत्युको कारण पनि दिएको छ। 

उसका अनुसार उनको चाहिँ समयमै उपचार नपाएर मृत्यु भएको खुलेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad