नारायण अस्पतालको घटनालाई लिएर देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामी अलपत्र परेका छन्।
मंगलबार बिहानै अस्पताल आइपुगेका बिरामी र आफन्त उपचार नपाएपछि अलपत्र परेका हुन्। आकस्मिकबाहेकको सेवा बन्द गरेको जानकारी नपाउँदा समस्यामा परेको बिरामी र उनीहरूका आफन्तले गुनासो गरेका छन्।
केही दिनअघि पर्साको नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको थियो। चिकित्सकमाथि आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरेका छन्। उनीहरूले आक्रमणमा संलग्न व्यक्तिलाई कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको माग गरेका छन्।
चिकित्सकको आन्दोलनका कारण विशेष गरेर सरकारी अस्पताल पुगेका बिरामी समस्यामा परेका हुन्।



















27
Shares

प्रतिक्रिया