राजनीति


शिक्षामन्त्रीको गुनासोः विश्वविद्यालयमा दलीयकरण हटाउन यो सरकारले ऐन संशोधन गर्न सक्दैन

शिक्षामन्त्रीको गुनासोः विश्वविद्यालयमा दलीयकरण हटाउन यो सरकारले ऐन संशोधन गर्न सक्दैन

नेपालखबर
असोज २८, २०८२ मंगलबार २०:४२, काठमाडौँ

शिक्षामन्त्री महावीर पुनले विश्वविद्यालयमा दलीयकरण अन्त्य नगरी शैक्षिक वातावरण सुधार हुन नसक्ने स्पष्ट पारेका छन्।

प्रधानमन्त्री कुलपति हुने व्यवस्था संशोधन गरी सक्षम कुलपति निष्पक्ष तरिकाले चयन गरेमा मात्र विश्वविद्यालयमा पठनपाठन हुन सक्ने उनको भनाई छ

प्राज्ञहरूले यस्तो सुझाव दिने गरेको उल्लेख गर्दै मन्त्री पुनले ‘त्यसो गर्न अहलेको ऐनले दिँदैन’ भनेका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमा लेखेका छन्,

‘प्राज्ञहरूको सुझावः विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य नगरी नहुने देखियो। त्यसो नगरेसम्म पठनपाठनको स्वच्छ वातावरण सृजना हुँदैन र विद्यार्थीहरूले गुणस्तर शिक्षा आर्जन गर्न सक्दैनन्। त्यसको लागि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था अन्त्य गरी सक्षम कुलपति निष्पक्ष तरिकाले चयन गर्ने व्यवस्था नगरी हुँदैन। त्यसो गर्न अहिलेको सरकारले ऐन संशोधन गर्न सक्दैन। मलाई प्राज्ञहरूले दिएको सुझाव यहि हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad