ad ad

समाज


भारतमा चर्किंदै किसान आन्दोलन, आज देशव्यापी बन्दको घोषणा

दिल्लीलगायत राज्यमा सुरक्षा व्यवस्था कडा
भारतमा चर्किंदै किसान आन्दोलन, आज देशव्यापी बन्दको घोषणा

नेपालखबर
फागुन ४, २०८० शुक्रबार ७:४९, काठमाडौँ

किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनले आज अर्थात् शुक्रबार भारत बन्दको घोषणा गरेका छन्।

संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानअन्तर्गत उक्त बन्द घोषणा गरिएको हो।

बीबीसी हिन्दीका अनुसार संयुक्त किसान मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै संगठनलाई भारत बन्द गर्न अपिल गरेको छ।

त्यसमा देशभरका केही श्रमिक संगठनको पनि सहभागिता रहनेछ।

यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकियो। उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका थिए।

भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा व्यापक सुरक्षा व्यवस्था गरिएको छ। दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ।

किसानको अर्को संगठन संयुक्त किसान मोर्चा ९गैरराजनीतिक० ले पनि भारत बन्दमा सहभागी हुन जनतालाई अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .