समाज


असममा १०० करोड भारु मूल्यको लागु औषध बरामद

असममा १०० करोड भारु मूल्यको लागु औषध बरामद

बरामद लागु औषध


नेपालखबर
पुस २५, २०८० बुधबार ७:१२, काठमाडौँ

भारतस्थित असमको स्पेसल टास्क फोर्स (एसटीएफ) र करिमगन्ज प्रहरीले मंगलबार ठूलो मात्रामा लागूऔषध बरामद गरेका छन्। यसलाई पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो सफलता भनिएको छ।

असम प्रहरीका डीआईजीपी (एसटीएफ) पार्थ सारथी महन्ताले संयुक्त अपरेसनमा ५.१ किलो हेरोइन, ६४ हजार याबा ट्याब्लेट बरामद भएको जानकारी दिए। जसको मूल्य १०० करोड भारतीय रुपैयाँ रहेको बीबीसी हिन्दीले जनाएको छ। 

आसमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले ट्विट गर्दै असम प्रहरी र करिमगन्ज प्रहरीको यस अपरेसनको प्रशंसा गरेका छन्।

यस कारबाहीमा चार जनालाई पक्राउ गरिएको मुख्यमन्त्रीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad