काठ तस्करी गरेको आरोपमा प्रहरीले सर्लाहीको हरिवनबाट एकजना फर्निचर उद्योग सञ्चालकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले हरिवन नगरपालिका ८ चापिनीस्थित शिवपुरी काष्ठ तथा फर्निचर उद्योग र शाही भेनियर प्रालिका सञ्चालक प्रमोद भट्टराईलाई पक्राउ गरेको हो।
उद्योगबाट २ हजार ६ सय ३५ क्युफिट अवैध काठसमेत बरामद गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।
पक्राउ परेका भट्टराईलाई प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि सव डिभिजन वन कार्यालय जानकीनगरमा बुझाएको छ।
उनको उद्योगबाट विभिन्न जातका गोलिया काठ २२ सय ३५.३७ क्युफिट, चिरान काठ २२.३२ क्युफिट र दाउरा ३३३.३३ क्युफिट बरामद गरिएको इन्सपेक्टर गिरीले बताए।
876
Shares
प्रतिक्रिया