समाज


धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

फाइल तस्बिर


नेपालखबर
जेठ ६, २०८३ बुधबार ७:१८, बागलुङ

बागलुङको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ। निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो।

विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११ बजे धौलागिरी अस्पताल ल्याएका थिए। 

विषालु सर्पले टोकेर बेहोस भएका विकको सर्पदंशको उपचारका लागि तालिम प्राप्त चिकित्सकको टोलीले  अस्पतालमै सफल उपचार गरेको हो।

“यसअघि पनि सर्पले टोकेका बिरामी अस्पताल आउँथे, उनीहरूको अवस्था हेरेर सामान्य उपचारपछि रेफर गरिन्थ्यो, तर, धौलागिरी प्रादेशिक अस्पताल बागलुङ सर्पदंश उपचार केन्द्रको रूपमा विकास भएपछि विषालु सर्पले टोकेका बिरामीको उपचार गरिएको यो पहिलो पटक हो”, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा किरण तिवारीले भने। 

कन्सल्टेन्ट सर्जन डा शङ्कर राज लामिछानेको टोलीले सर्पदंशको सफल उपचार गरेको हो।

उपचारपछि निको भएका विकलाई चिकित्सकसँग सम्पर्कमा रहने गरी डिस्चार्ज गर्ने तयारी गरिएको छ। 

सर्पले टोकेमा घरेलु उपचार र धामीझाँक्रीको पछि नलागी जतिसक्दो छिटो अस्पताल आउन धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad