बागलुङमा जंगलमा भेटेको कन्दमूल खाँदा एक जनाको मृत्यु भएको छ भने आठजना बिरामी परेका छन्।
जङ्गलमा पाइने कन्दमूल (जङ्गली भ्याकुर) खाँदा बडिगाड गाउँपालिका–५ खाराबजारकी ७२ वर्षीया फिरककुमारी घिमिरेको मृत्यु भएको हो। अन्य आठ जना बिरामी परेका छन्।
उनीहरु सबैले स्थानीय भोजराज घिमिरेको घरमा पकाएको भ्याकुर खाएका पाइएको छ।
यस्तै बडिगाड गाउँपालिका–५ का दुरपती कामी, विष्णु घिमिरे, शारदा न्यौपाने, अबिसन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी भएका छन्।
सबै बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए।
Shares

प्रतिक्रिया