आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पर्वतबाट एक पुरुषलाई पक्राउ गरेको छ।
५२ वर्षीया सीता विकको हत्या गरेको अभियोगमा मोदी गाउँपालिका-६ दराक निवासी ५१ वर्षीय जित बहादुर विकलाई गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
जितबहादुरले कुटपिट गर्दा सीता गम्भीर घाइते भएकी थिइन्। घटनाको खबर प्रात हुनासाथ प्रहरी चौकी देउपुर डिमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कुटपिटबाट गम्भीर घाइते भएकी सीताको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
138
Shares

प्रतिक्रिया