वर्षकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव, दराज ११.११ आरम्भ भइसकेको छ। उत्सव अवधिभर उपभोक्ताहरुले आफूलाई मनपर्ने फेशन आइटमहरू अविश्वसनीय छुटमा प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्नुहुनेछ।
स्पोर्टी जुत्तादेखि आरामदायी हिउँदका कपडा र ट्राभल आवश्यक वस्तुसम्म, उत्सवमार्फत उपलब्ध गरिएका अनेकन उत्पादनहरुमध्ये ९ अनिवार्य फेसन सामग्रीहरु यहाँ प्रस्तुत गरिएका छन्।
१. भ्यान्स लभ मी लभ मी नट ओल्ड स्कूल सुज

क्लासिक चेकरबोर्ड डिजाइनलाई फूलका प्रिन्टसहित नयाँ ट्विस्टमा उपलब्ध गरिएका यी भ्यान्स लभ मी लभ मी नट ओल्ड स्कूल सुज जुत्ताहरूले युवाका ऊर्जा र स्टाइल झल्काउन सघाउँछन्। आरामदायी, टिकाउ र सधैं ट्रेन्डमा रहने यी जुत्ताहरू रु. ७,०५० बाट घटेर उत्सव अवधिभर केवल रु. ४,२३० मा उपलब्ध गरिएकाछन्।
२. क्यासियो स्टेनलेस स्टील डिजिटल वाच

क्यासियोको यो डिजिटल घडीले तपाईंलाई पुरानो र आधुनिक दुवै स्टाइलको अनुभव दिलाउँछ। यसमा रहेको स्टेनलेस–स्टील स्ट्र्याप र रेट्रो डिजिटल डिस्प्लेले घडीलाई सदाबहार बनाउँछ। अन्य समयमा मूल्य रु. ३,६९५ पर्ने यो वाच उत्सवका अवसरमा मात्र रु. ३,२५१ मा उपलब्ध गरिएको छ।
खरिद गर्न यहाँ क्लिक गर्नुहोस्
३. म्हिचा बोल्डर स्याक ब्ल्याक/ आइस ग्रे ब्याकप्याक

स्टाइलिश, बलियो र उपयोगी ब्याग ब्राण्डका रुपमा परिचित नेपाली ब्रान्ड म्हिचाको यो ब्याकप्याक कुशल हस्तकला, ल्यापटप कम्पार्टमेन्ट, र टिकाउ डिजाइनको उत्कृष्ट संयोजन हो। कार्यालय वा घुमघामका लागि उपयुक्त यो ब्याकप्याकको मूल्य रु. २,७५० पर्छ। तर उत्सवका अवसरमा यो ब्याकप्याक मात्र रु. २,५१६ मा उपलब्ध गरिएको छ।
खरिदका लागि यहाँ क्लिक गर्नुहोस्
४. नाइक एमसी ट्रेनर २ सुज

जिम, दौड वा आउटडोर वर्कआउटका लागि निकै लोकप्रिय नाइक एमसी ट्रेनर २ सुजले सन्तुलन, ग्रिप र एगिलिटीको उत्कृष्ट संयोजन प्रदान गर्छन्। मूल्य रु. १६,९९९ पर्ने यो जुत्ता ११.११को अवसरमा भने मात्र रु. ८,४९९ मा उपलब्ध रहेका छन्।
खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्
५. केटीएम सीटीवाई युनिसेक्स पोलिफाइबर हुडी ज्याकेट

शरिरमा हल्का अनुभव र न्यानो हुनाका साथै आकर्षकपनि देखिने केटीएम सीटीवाई युनिसेक्स पोलिफाइबर हुडी ज्याकेट चिसो बिहानी तथा क्याजुअल आउटिङका लागि समेत एकदमै उपयुक्त छ। बजारमा मूल्य रु. १,६९० पर्ने यो ज्याकेट ११.११ अवधिभरका लागिरु. १,४९९ मै उपलब्ध गरिएको छ।
खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्
६. केटीएम सीटीवाई पोलार फ्लिस युनिसेक्स ज्याकेट

मुलायम, न्यानो र आरामदायी पहिरण सोचका साथ निर्मित केटीएम सीटीवाई पोलार फ्लिस युनिसेक्स ज्याकेटले जाडोमा सहजता र स्टाइल दुबै प्रदान गर्छ। बजारमा मूल्य रु. १,१९० निर्धारित यो ज्याकेट दराज ११.११का अवसरमा अब मात्र रु. ९९९ मा उपलब्ध गरिएको छ।
खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्
७. त्रिकाया विमेन्स रोउन्ड नेक बलुन स्लिभ उलन स्विटर

फेसनका साथै आरामदायिता तथा उपयोगितालाई विशेष दृष्टिगत गर्दै बजारमा ल्याईएको त्रिकाया विमेन्स रोउन्ड नेक बलुन स्लिभ उलन स्विटर उत्कृष्ट अत्यन्त आकर्षक देखिन्छ। बजार मूल्य रु. २,८०० रहेको यो स्विटर ११.११ अभियान अवधिभर विशेष मूल्य रु. २,१२५ मै उपलब्ध गरिएको छ।
खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्
८. न्यूलाइट २४ ईञ्च ब्राण्डेनबर्ग हार्ड शेल सुटकेस

साधारण प्रयोगका साथै विशेष गरी रोमाञ्चकता प्रेमीहरुका लागि स्टाइल र सहनशीलताको मेलका रुपमा उपलब्ध गरिएको न्यूलाइट २४ ईञ्च ब्राण्डेनबर्ग हार्ड शेल सुटकेस पोलिप्रोपेलिन सामग्रीबाट बनेको छ। यसले गर्दा सुटकेसको वजन हल्का हुनुका साथै बलियोपनि छ। बजारमा मूल्य रु. ५,३९९मा उपलब्ध हुने यो सुटकेस ११.११ अवधिभर मात्र रु. ३,७९९मा उपलब्ध गरिएको छ।
खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्
९. मुनस्टार सिलिकन थ्री लेयर्ड विन्डप्रुफ विन्टर ज्याकेट

जाडो मौसमका लागि न्यानो, वायुप्रतिरोधी र टिकाउ विकल्पका रुपमा उपलब्ध यो न्यूलाइट २४ ईञ्च ब्राण्डेनबर्ग हार्ड शेल सुटकेस स्टाइल र सुरक्षा दुबैमा अग्रणी रहेको छ। बजार मूल्य रु. १,६९९ रहेको यो विन्टर ज्याकेट दराजले अभियान अवधिभर रु. १,३५०को आकर्षक मूल्यमा उपलब्ध गराएको छ।
खरिद गर्नका लागि यहाँ क्लिक गर्नुहोस्
तपाईंको स्टाइल र बचत दुबैलाई नयाँ उचाइमा पुर्याउने सही समय यही हो ! मौका नछुटाउनु होला।
दराज ग्रुपका बारेमा :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो। यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ। दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ। ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ।
थप जानकारीका लागि www.daraz.com मा जानुहोस्। वा Daraz को LinkedIn पेज (www.linkedin.com/company/daraz/_) मा लगअन गर्नुहोस्
Shares

प्रतिक्रिया