समाज


भिरबाट अटो खसेपछि चालक भागे, २ जनाको मृत्यु, ५ घाइते

भिरबाट अटो खसेपछि चालक भागे, २ जनाको मृत्यु, ५ घाइते

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार ९:४७, रुकुमपूर्व

रुकुमपूर्वमा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

गएराति भूमे गाउँपालिका–१ स्यावालस्थित मध्यपहाडी लोकमार्गमा रा.१ ह ६७९७ नम्बरको अटो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ। 

लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको सडकबाट झण्डै तीनसय मिटर तल खसेको छ। 

दुर्घटनामा भूमे–१ की ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते भएका उनीहरूको रुकुमपूर्व अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका २६ वर्षीय प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा सुभम बुढा, २८ वर्षीया ब्युटी पुन, २ वर्षीया बालिका समृद्धि पुन र ३ वर्षीय बाल सक्षम घर्ती घाइते भएका छन्। उनीहरू सबै सामान्य उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ। 

दुर्घटनापछि अटो चालक भूमे–१ लुकुमका २९ वर्षीय जोते घर्ती भागेका प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad