बसमा सवार एक युवकलाई तनहुँ प्रहरीले लागु औषधसहित पक्राउ गरेकाे छ।
आज बिहान साढे पाँच बजेतिर आँबुखैरेनी गाउँपालिका- ४ बेनिटारस्थित पृथ्वी राजमार्गबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
अस्थायी प्रहरी पोस्ट मुग्लिङ नजिकबाट उनी पक्राउ परेका हुन्। काठमाडाैँबाट लमजुङतर्फ जाँदै गरेको म.प्र-०३-००१ ख.८१६३ नम्बरको बसबाट उनलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा लमजुङको बेँसीशहर नगरपालिका-११ घर भएका २६ वर्षीय विवश तामाङ छन्। उनले भिरेको झोला खानतलासी गर्ने क्रममा ट्रामाडोल- ४३८ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय आबुखैरेनीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
108
Shares

प्रतिक्रिया