समाज


स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार ८:३१, स्याङ्जा

स्याङ्जा जिल्लाका तीनवटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ।

इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा पालिकाहरूले शुक्रबार बिदा दिएका हुन्।

वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाले आज सार्वजनिक बिदा दिएकाे जनाएका छन्। मुस्लिम समुदायको माग अनुसार पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।

ती पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थाहरू आज बन्द रहनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad