समाज


लमजुङमा बस दुर्घटना हुँदा १८ जना घाइते, चालक पक्राउ

लमजुङमा बस दुर्घटना हुँदा १८ जना घाइते, चालक पक्राउ

नेपालखबर
जेठ १७, २०८२ शनिबार ५:५४, काठमाडौँ

लमजुङमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

शुक्रबार साँझ पोखरा जाँदै गरेको ग १ ख ४१०१ नम्बरको बस कास्कीको रुपा गाउँपालिका –१ पार्चेमा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार घाइतेमध्ये तीन जनाको अबस्था गम्भीर छ।

गुडिरहेको बेला ब्रेकमा समस्या आएपछि अनियन्त्रित भएर बस सडकमै पल्टिएको चालकले बताएका छन्। 

घाइते बसै यात्रुको पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनापछि बसका चालक लमजुङको मध्यनेपाल ७ रामबजारका ३४ वर्षीय सन्तोष लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा लामा पनि घाइते भएका छन्। 

घाइते हुनेमा मध्य नेपाल ७, रामबजारको राधिका घिमिरे (६२ वर्ष), मेनुकादेवी घिमिरे (८२ वर्ष), शोमा थापा (५९ वर्ष), लक्ष्मीकुमारी गुरुङ (५४), सरस्वती केसी (४५ वर्ष), जमुनादेवी घिमिरे (८३ वर्ष), सरिता घिमिरे (४२ वर्ष)  छिन्। 

यसैगरी सोही स्थानकी सावित्रा घिमिरे (५६ वर्ष), रिता घिमिरे (४२ वर्ष), पार्वती घिमिरे (४१ वर्ष), सिजा थापा (४८ वर्ष), चन्द्रबहादुर केसी (७५ वर्ष), नेत्रबहादुर केसी (७१ वर्ष), लिला केसी (३० वर्ष), शान्ति केसी (३७ वर्ष), हरीकृष्ण घिमिरे (६३ वर्ष), कमलादेवी घिमिरे (४८ वर्ष) र मैया कुँवर (५५ वर्ष) घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad