मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेका एक तीर्थालुको लेक लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार लेक लागेर स्याङ्जाको कालीगण्डकी गाउँपालिका–२ का ७५ वर्षीय गोपीराम गाहाको मृत्यु भएको हो।
उनको प्रदेश अस्पताल जोमसोममा शनिबार मृत्यु भएको हो।
स्याङ्जाबाट मुक्तिनाथ दर्शन तथा कागबेनीधाममा श्राद्ध गर्ने उद्देश्यले २३ जनाको टोलीका साथमा गाहा मुस्ताङ आउँदै थिए।
स्याङ्जाबाट म्याग्दी हुँदै मुस्ताङ आउने क्रममा मुस्ताङको मार्फा आइपुग्दा गाहालाई लेक लागेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रदेश अस्पताल भर्ना गरिएको थियो। रासस
357
Shares

प्रतिक्रिया